शब्दहरू सधैँ यात्रामा हुन्छन् । उनीहरू नदीझैँ निरन्तर बग्छन्, डाँडाकाँडामा टुप्लुक्क टप्किन्छन्, शहरका गल्लीमा घामझैँ पस्छन् र गाउँका चौतारीमा चन्द्रमाजस्तै चम्किन्छन् । शब्दहरू केवल पानामा सीमित हँुदैनन्, शब्दहरू हाम्रो जीवनको धड्कन बनेर उपस्थित हुन्छन् । यही धड्कनलाई सुन्न, महसुस गर्न र विश्वभर छरिएका नेपाली साहित्यकारका सिर्जनालाई एउटै डिजिटल चौतारीमा ल्याउन शब्दयात्राएचकेडटकम नामक साहित्यिक अभियानको सुरुवात गरिएको हो ।
नेपालको भूगोल साँघुरो हुन सक्छ तर नेपाली भाषा र साहित्यको आकाश असीम छ । यो आकाशलाई सजाउने कविहरू, कथाकारहरू, निबन्धकारहरू, समीक्षकहरू, नाटककारहरू र उपन्यासकारहरू केवल मातृभूमिमा मात्र नभएर— विश्वका विभिन्न भूभागमा बसोबास गरेर पनि सिर्जनामा रमिरहेका छन् । यिनै सिर्जनाका फूलहरूलाई एउटै माला बनाएर प्रस्तुत गर्ने संकल्प हो, शब्दयात्राएचकेडटकम ।
हाम्रो ध्येय केवल साहित्यिक सामग्री प्रकाशन गर्नु मात्र होइन । हामी चाहन्छौँ— साहित्यलाई जीवित संवाद बनाउन, संसारका कुनाकाप्चाबाट नेपालीपनको अनुभूति सुनाउन, साझा स्मृति र भविष्यको सपनालाई जोड्न । साहित्य कुनै सीमामा अड्किँदैन; त्यसले भाषा, संस्कृति र अनुभवको पुल बन्छ । यही पुलमा टेकेर हामी नेपालीहरूको साझा भावनात्मक भूगोललाई मजबुत बनाउन चाहन्छौँ ।
शब्दयात्राएचकेडटकममा कविता, कथा, निबन्ध, संस्मरणदेखि पुस्तक समीक्षा र समीक्षा÷समालोचना समेतलाई स्वागत गर्नेछौँ । हामी युवापुस्ताका नयाँ स्वरलाई उस्तै आत्मीयताका साथ स्थान दिनेछौँ, जस्तै अनुभवी र स्थापित स्रष्टाका गहिरा विचारलाई दिनेछौँ । साहित्यको मूल्याङ्कन केवल कालखण्डले गर्ने हो; हाम्रो काम भने स्रष्टा र पाठकबीच सेतु बन्ने हो ।
आजको डिजिटल युगमा पुस्तकका पाना मात्र होइन, स्क्रिनका अक्षरहरूले पनि हाम्रो मनलाई छोइरहेका छन् । यसैले, हामीले प्रविधिलाई साहित्यको शत्रु होइन, मित्र ठानेका छौँ । विश्वका कुनै पनि कुनामा बस्ने पाठक वा स्रष्टाले शब्दयात्राएचकेडटकमलाई आफ्नो मञ्च ठानून्, आफ्ना सिर्जना र विचारहरूलाई यहाँ सुरक्षित राखून् भन्ने हाम्रो आकांक्षा हो ।
यो थालनी हो— तर यसलाई यात्रा र गन्तव्य बनाउने शक्ति तपाईंहरूको सहभागिता नै हो । हामीसँग आफ्ना कथा पठाउनुहोस्, आफ्ना कविता सुनाउनुहोस्, आफ्ना विचारहरू बाँड्नुहोस् । यो मञ्च केवल हाम्रो होइन, सबै नेपाली साहित्यकार र पाठकको साझा घर हो ।
शब्दयात्राएचकेडटकमको थालनीतसँगै हामी विश्वास गर्छौँ— नेपाली साहित्यको स्वर अझ विश्वव्यापी रूपमा गुन्जिनेछ । किनकि शब्दले सधैँ बाटो फेला पार्छ; शब्दले नै यात्रालाई अर्थ दिन्छ ।
भुक्तानी गर्नुपर्ने बाँकी
१. गोविन्द इम्सङ (महिनाको २५ ले दिने सल्लाह) ७५,०००।– हुनेमा ६० हजार दिएको अब १५,०००।– बाँकी
२. जयन्ता पोखरेल ३०, ०००।– दिएको अब ३०,०००।– दिने कि !
३. युनिटी फुडक्याफे, बागबजार रु. १५,०००।– (विभिन्न मितिको बैठक खाजा)
४. डा. तुलसीप्रसाद खनाल (गण्डकी गोष्ठीपत्र) रु. १०,०००।–
५. तैँ तैँ धिताल रु.१०,०००।– गोष्ठीपत्र
६. प्रा.केशव सुवेदी र ऋषिराम शर्मा रु. १०,०००।–
७. प्रा.डा. जीवेन्द्रदेव गिरी रु.१०,०००।–
८. भुँडीपुराण प्रकाशन रु. ३०,०००।–
जम्मा रु.
